‘अरुसंग लड्न सजिलो होला, तर आफ्नै जीन्दगीसंग लड्न गाह्रो हुँदो रहेछ’

जेष्ठ १७ काठमाडौं__ चलचित्र निर्देशक ऋषि लामिछानेले आफ्नो पूर्ण रुपमा स्वस्थ्य भएको जानकारी गराएका छन् । आईतबार राति फेसबुकमा ‘हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस लेख्दै निर्देशक लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक हप्ता भएको उल्लेख गरेका छन् ।

‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेष्ट गर्नु पर्नेछ, निर्देशक लामिछानेले लेखेका छन्–‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै ब्यक्तिवहरुमा नमन । अरुसंग लड्न सजिलो होला, तर आफ्नै जीन्दगीसंग लड्न गाह्रो हुँदो रहेछ ।’ निर्देशक लामिछानेले आफ्नो स्टाटसमा केही गुनासो पनि गरेका छन् ।

उनको भनाइ छ –‘लडे खिस्सी गर्ने र हिँडे खुट्टा तान्नेहरुको बिचमा उभिएका छौं हामी सबै । को आफ्नो को पराई, को नजिक को टाढा, कसले मन र मुटुबाट बोल्यो, कसले ठिक्क पार्यो, कसले माया गर्यो, कसले मायाको नाटक गर्यो । यो सबै देखें पनि, भोगें पनि । यस्ता सबैमा पनि आभार व्यक्त गर्दछु ।’

त्यस क्रममा निर्देशक लामिछानेले परिवारका सदस्य, साथीभाइहरुका साथै डाक्टर रबिन्द्र पाण्डे समीर, डाक्टर बिष्णु पहारी र ग्राण्डी हस्पिटलप्रति पनि आभार व्यक्त गरेका छन् ।

निर्देशक लामिाछानेले धर्मपत्नी सरिता लामिछानेलाई सम्बोधन गर्दै लेखेका छन्– ‘म संसारको सबैभन्दा भाग्यमानी मान्छे, जसले आफ्नो श्रीमतीको रुपमा तिमिलाई पाएको छु । मेरो खुशी, मेरो सुख , मेरो हाँसो, मेरो उर्जा सबै तिमि नै हौ । मलाई मेरो हर दुस्ख र पीमा साथ दिने मेरो जीवन सङ्गीनी सरिता तिमि छौ र म छु ।’

यहाँ कमेन्ट गर्नुहोस्