बजेट वितरणमुखी र कम्युनिस्टको घोषणा पत्र जस्तो भयो : पूर्वअर्थमन्त्री डा.महत

१६ जेठ काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई वितरणमुखी र कम्युनिस्ट घोषणा पत्रको संज्ञा दिएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालद्धारा आयोजित ुखस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार रुु बिषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्री महतले अहिलेको सरकारले ल्याएको बजेटले जनताको टाउकोमा ॠणको बोझ थप्ने काम गरेको टिप्पणी गरेका हुन् ।

पुँजीगत खर्च बढ्नुपर्ने र बजेट नतिजामुखी हुनुपर्नेमा अहिलेको सरकारले ल्याएको बजेट ठिक त्यसको विपरीत भएको डा.महतको भनाई छ ।

स्कुल अफ डेमोक्रेसी नेपालद्वारा आयोजित करिब ५ सय बढी हरेक तह र तप्काका व्यक्तीहरुको सहभागीता रहेको भर्चुअल अन्तरक्रियामा ओली सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटको समीक्षामा केन्द्रीत थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बजेटको समान वितरण नभएको र विशेषतः स्रोतको सुनिश्चितता नगरीकन सामाजिक सुरक्षाभत्ता बढाएको विषयले मुलुकलाई दीर्घकालीन असर पार्ने र निकट भविष्यमा देश ऋणको भारले उठ्न नसक्ने गरी थिचिने भनाइ राखेका हुन।

कार्यक्रममा बोल्दैँ स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष नैनसिंह महरले देश र जनतालाई जमानी र धरौटी राखेर ऋणबाट लिइएको बजेटले सरकारले फेरि पनि नेता, कार्यकर्ता पोस्ने काम गर्ने र निर्बाचनको फाइदाका लागि ब्रह्मलुट गर्ने भन्दैँ रोस प्रकट गरेका थिए ।

कार्यक्रममा पूर्व अर्थमन्त्रीद्वय डा.रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षत्रय डा. जगदिशचन्द्र पोखरेल, डा.शंकर शर्मा, प्रा.डा.गोबिन्दराज पोखरेल, राष्ट्र बैंकका पुर्व गभर्नर डा.चिरञ्जीवी नेपाल, नेपाल उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, अर्थविद डा.विश्व पौडेल, त्रिविका डिन डा.कुसुम शाक्य, उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगको पूर्व सदस्य एवं कर विशेषयज्ञ शुदर्शन पाण्डे, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका अध्यक्ष सिए आनन्द वाग्ले शर्मा लगायतले बजेटमाथि टिप्पणी गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्