तरलता संकट कम गर्न , स्थानीय तहको ८० प्रतिशत रकम परिचालन हुने

पौष १९ काठमाण्डौं ____  नेपाल राष्ट्र बैंकले स्थानीय तहको संचित कोषमा रहेको ८० प्रतिशतसम्म रकम परिचालन गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमवार सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूका लागि जारी गरेको उक्त निर्देशन अनुसार आयात र व्यापारिक क्षेत्रबाहेक उत्पादनशील क्षेत्रमा खर्चन पाउने गरी उक्त रकम परिचालन गर्न पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्थापछि स्थानीय तहको उक्त रकमलाई वाणिज्य बैंकहरूले आगामी असार मसान्तसम्म निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले २ पुसमा स्थानीय तहमा विनियोजिन बजेटको ५० प्रतिशत रकमलाई वाणिज्य बैंकहरूले निक्षेपमा गणना गर्न पाउने गरी परिचालन गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयको उक्त निर्णय अनुसार नै राष्ट्र बैंकले २० पुसदेखि यस्तो रकम परिचालन गर्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको यस्तो रकम परिचालन गर्ने सीमा भने बैंकहरूलाई ८० प्रतिशतम्मको सीमा पनि दिएको छ । राष्ट्र बैंकको यस्तो निर्देशनपछि बैंकहरूमा देखिएको तरलता समस्या समाधान गर्न सहयोगी हुने राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्