सरकारद्वारा सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा

जेष्ठ १५ काठमाण्डौ __सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन् ।

हाल जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए । सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्