राकेश यादव
पौष २ रौतहट ___ स्रोत नखुलेको रकम सहित रौतहट प्रहरीले एक जना भारतीय नागरिकलाई शुक्रवार रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ भन्सार क्षेत्रबाट पक्राउ गरेको छ । बी आर ३० एबि २६५७ नम्बरको मोटर साइकलको एअर फिल्टरमा लुकाएर भारतबाट नेपालमा ल्याउदै गरेको अवस्थामा चेकजाच गर्दा ४ लाख ५० हजार रुपैया फेला परेपछि भारत विहार बैरगनिया निवासी सिकिन्दर पासवानको १९ वर्षीय विकास कुमार पासवानलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेको पासवानलाइ अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरीले जनाएको छ । यस अघि विहिवार रौतहट प्रहरीले ६९ हजार ५ सय नक्कली नेपाली नोट सहित २ जना भारतीय नागरिकलाइ पक्राउ गरेको थियो । सिमावर्ति क्षेत्रमा पटक पटक नेपाली र भारतीय नोट बरामद हुदा हुण्डी कारोवारको रौतहट केन्द्र विन्दु बन्दै गएको छ ।
सवै भन्दा बढी औरैया ,मठिया , बन्जरहा नाका बाट अहिले सम्म अवैध रकम पक्राउ परेको हुदा नेपाल भारतबाट मुद्राको कारोवार गर्ने समुह बढी सक्रिए भएको बुझन सकिन्छ ।