पौष ०१ उदयपुर । उपेक्षा दुर्व्यवहार, विभेद र हिंसा विरुद्ध किशोर किशोरी सशक्तीकरणका लागि रुपान्तरण भन्ने मुल नारा सहित किशोरिहरु बिचको सौन्दर्य र बौद्धिक प्रतियोगिताको रुपमा उदयपुरमा मिस उदयपुरको तेश्रो संस्करणको आयोजना हुने भएको छ । प्रतियोगिताका लागि पौष ४ गते देखि जिल्लाका विभिन्न स्थानमा अडिशन लिइने भएको हो ।
विङ्स इन्टरटेन्मेन्टको आयोजना, जैन विश्व विधालय वैङलोरको प्रस्तुती र वाई वाई डाइनामाईटको शिर्ष प्रायोजनमा तथा गैडा सिमेन्ट र नेपाल आईस स्ट्रङको सहप्रायोजनमा हुने यश कार्यक्रमका बाँकी इच्छुक प्रतिस्पर्धीहरुका लागि पौष ११ गते पनि अडिशन खुल्ला राखिने आयोजक तथा नृत्य निर्देशक एम्जे मिथुन ले जानकारी दिए । उनका अनुसार अडिशन जिल्लाका ६ वटा पालिका रामपुर, बेल्टार, कटारी, मुर्कुची, नेपालटार र गाईघाटमा हुने जनाईएको छ ।
सहभागीमध्ये विजयीले नगद २५ हजार , एयर होस्टेस को तालिमका र फस्ट रनरअप र सेकेन्ड रनरअपले १० लाखको टर्म इन्स्योरेन्स पोलिसिका साथै ट्रफि, क्राउन र आकर्षक गिफ्टह्याम्पर प्राप्त गर्नेछन् भने उत्कृष्ट १० जनाले तीन महिने निशुल्क नृत्य प्रशिक्षणको मौका, रास्टृय तथा अन्तरास्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरका साथै अन्य धेरै सुबिधा पाउनेछन् भने यस वर्ष निशुल्क तालिम दिईने आयोजकले जनाएको छ।