डा. सुबोधकुमार गुप्ता नेपाल–युएई बिजनेस काउन्सिल को द्वितीय उपाध्यक्ष चयन

मंसिर ९ काठमाण्डौं____ वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ता  “नेपाल–युएई बिजनेस काउन्सिल” को द्वितीय उपाध्यक्ष चयन हुनुभएको छ ।

नेपाल–युएई बिजनेस काउन्सिलको निर्वाचन परिणाम घोषणा कार्यक्रममा इम्बेसी अफ द युएई र सिईओ क्लब ग्लोबल (नेपाल) तथा सेन्टर फर डिप्लोमेटिक डाइलगले डा. गुप्ता बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्ष चयन हुनु भएको घोषणा गरेको छ ।

नेपाल–युएई बिजनेस काउन्सिलका नवनियुक्त द्वितीय उपाध्यक्ष डा. गुप्तालाई नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सईद हमदान अल नकबीले ओहदाको प्रमाण–पत्र वितरण तथा पद र गोपनीयताको शपथ गराउनुभयो ।डा. गुप्ता यस अघि फ्रान्सका प्रतिष्ठित विश्वविद्यालयबाट एक भव्य समारोहका बीच दुबईमा मानार्थ डक्टरेट उपाधीबाट सम्मानित हुनु भएको थियो ।

वीउवासङ्घका अध्यक्ष डा. गुप्ताको नेपाल–युएई बिजनेस काउन्सिलको उपाध्यक्षमा चयनले यस क्षेत्रको उद्योग, व्यापारका साथै अन्तर्रााष्ट्रियस्तरमा उद्योग, व्यापार र वीउवासङ्घका संस्थागत प्रबद्र्धन हुने धारणा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्