मंसिर २ काठमाण्डौं ____ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चालू आर्थिक वर्ष (२०७८/८९) को पहिलो चौमासिक (साउनदेखि कात्तिक) भित्र कर उठाउन सफल देखिएको छ । तर, विकास निर्माणमा पूँजीगत बजेट खर्चिन विफल भएको छ । पूँजीगत खर्च त गत आर्थिक वर्षको पहिलो चौमासिकमा भन्दा यो पटक झण्डै आधा कम रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कर (राजस्व) उठाउन भने सरकार सफल देखिएको छ । सरकारले अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा वार्षिक लक्ष्यको २३.७४ प्रतिशत अर्थात दुई खर्ब ४० अर्ब १५ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष लक्ष्यको २८.२४ प्रतिशत अर्थात तीन खर्ब ३४ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । राजस्वतर्फ उठेको रकम र प्रतिशत दुवै अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकभन्दा धेरै हो ।
सरकारले अघिल्लो अवधिभन्दा यो पटक बजेट आकार तुलनामा कुल बजेट खर्च पनि कम गरेको छ । अघिल्लो अवधिमा कूल बजेट खर्च १८.२४ प्रतिशत थियो । यो अवधिमा १७.६१ प्रतिशतमात्रै खर्च गर्न सकेको छ । तर, चालू आर्थिक वर्षको बजेट अंक ठूलो भएकाले खर्च भएको कूल बजेटको आकार भने अघिल्लो अवधिको भन्दा धेरै छ ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेको थियो । वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकरले’ १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
पहिलो चौमासिकमा पूँजीगत खर्च अवस्था हेर्दा सरकारले यो वर्ष पनि विकास निर्माणका काम सुस्त पार्ने देखिएको छ । गत आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तसम्ममा कूल पूँजीगत विनियोजनको ६४.६९ प्रतिशत रकम मात्रै खर्च भएको थियो ।
अंकमा :