कार्तिक २९ एजेन्सी___ भारत उत्तरप्रदेशको अम्बेडकरनगरमा एउटा अनौठो घटना भएको छ । यहाँ एक युवतीको विवाहका लागि बेहुला छनोटका लागि पञ्चायत बसेको छ । अझ हैरान हुने कुरा त यो हो कि बेहुलाको छनोट चुनावी पर्ची हालेर भएको थियो । स्मरण रहोस्, ती युवती एक होइन चार युवकको साथमा घरबाट फरार भएकी थिइन् । युवतीलाई पनि आफैं पनि के थाहा थिएन भने उनी कुन युवकलाई मन पराउँथिन् र को सँग विवाह गर्न चाहन्थिन् ।
के हो पूरा घटना ?
घटना कोतवाली टांडाको अजीमनगर थाना क्षेत्रको हो । वास्तवमा पाँच दिन पहिले चार युवक ती युवतीलाई घरबाट भगाएर लगेका थिए । ती चार युवकले युवतीलाई आफन्तको घरमा लुकाएर राखेका थिए । तर, छानबिनपछि सबै पक्राउ परे । पक्राउपछि युवतीका परिवारले उनीहरूविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेका थिए । तर, पञ्चायतले विवाहको प्रस्ताव अघि सारे ।
पञ्चायतमा जब युवतीलाई सोधियो- कोसँग विवाह गर्न चाहन्छौ ? तर, युवतीले जवाफ दिन सकिनन् । उनी आफैं अन्योलमा थिइन् । समाचारमा जनाइएअनुसार युवकहरू पनि ती युवतीसँग विवाह गर्न चाहँदैनथे । त्यसपछि पञ्चायतले अनौठो उपाय लगाए- बेहुलाको चुनाव पर्चीबाट गर्ने ।
मतलब युवतीको विवाह त्यो युवकको साथमा हुनेछ, जसको नामको पर्ची निक्लनेछ । पञ्चहरूले चारै युवकको नामको पर्ची बनाएँ । त्यो पर्चीलाई कटौरामा राखे । त्यसपछि एउटा बच्चाले पर्ची निकाले । त्यसपछि पर्चीमा लेखिएको नामका युवतसँग ती युवतीको बिहे भयो ।