जेष्ठ १४ काठमाण्डौ ___शोक वक्तव्य यस ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) आज अत्यन्तै ठुलो शोकमा छ । हामीले हाम्रो अभिभावक केन्द्रिय अध्यक्ष श्री चन्द्र न्यौपानेलाई अल्पायुमै गुमाउन पुगेका छौं । न्यौपानेको निधनको खवरले सम्पुर्ण रेडियो क्षेत्रलाई शोकाकुल बनाएको छ ।
हामीले देशैभरिका रेडियोहरुको अगुवा, रेडियो अभियन्ता र कुशल रेडियो सञ्चालक समेत रहनुभएका स्वर्गीय न्यौपानेको कोरोना संक्रमण देखिएपछि केहि दिनदेखि सुनसरीमै उपचार भईरहेको थियो ।
उपचारको क्रममा उहाँको जेठ १४ गते विहान ८ ः२५ बजे असामहिक निधको खवरले पुरै रेडियो क्षेत्र स्तब्ध भएको छ भने सम्पुर्ण एसोसिएसन परिवारले पिडा बोध गरिरहेको छ । २०७४ सालको महाधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएर आउनु भएको थियो । संस्था स्थापना कालदेखिनै संस्थामा आवद्ध न्यौपाने केन्द्रिय सदस्य, महासचिव हुँदै अध्यक्ष जस्तो गरिमामय पदमा रहेर यस संस्थालाई उचाईमा पु¥याउनमा उहाँको महत्वपूर्ण योगदान भएको हामीले सँधै स्मरण गरिरहनेछौं ।
स्वर्गीय न्यौपाने सरकारले गठन गरेको विज्ञापन बोर्डको समेत सदस्य रहनु भएको थियो । प्रदेश १ को सप्तकोशी एफ.एमका सञ्चालक समेत रहनु भएका उहाँको निधनले रेडियो आन्दोलन र समग्र रेडियो जगतलाई अतुलनीय क्षती पुगेको छ । यो शोकको घडिमा परिवारजनमा ईश्वरले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्दै उहाँको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
समग्र रेडियो र एसोसिएसनलाई परेको क्षतीप्रति हामी अत्यन्तै दुःखी छौं । उहाँको आत्माको चीरशान्तिको कामना सहित जेठ १४ गते बेलुकी ७ बजे सबै सदस्य रेडियोहरुले २ मिनेट शोक धुन बजाएर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुन अनुरोध गर्दछौं ।
साथै संस्थाको उच्च पदमा रहनुभएको अध्यक्ष ज्यूको अकल्पनीय निधनको यो घटनालाई तीन दिनसम्म केन्द्रिय कार्यालय बन्द गरि शोक व्यक्त गर्न लागेको समेत जानकारी गराईन्छ ।
दुर्गा अधिकारी
महासचिव